Saturday, April 4, 2009

नेपाली jokes

nepali jokes ;

कम्प्युटर अपरेटरको प्रेमपत्र जिन्दगीकी कन्ट्रोल प्यानल, हन्ड्रेड जिबीको माया ! मैले १एमबी मायााको लागी कतिपटक एप्लाई गरेँ, तर कहिल्यै पनि .के. गरिनौ तिम्रो पिक्चर मेरो हार्डडिस्कमा सेभ गरिसकेको छु कृपया मेरो मायालाई रिसाइकलबीनमा सेन्ड नगरिदेउ मेरो रिकोएस्ट मानिनौं भने, आफैंलाई अटो डिलिट गर्नेछु , अगाडी तिम्रो इच्छा !! तिम्रो जिन्दगीको पासवर्ड ' MOUSE' ........
******************************




किशुनजीको प्रेम
किशुनजी, अर्थात उही हाम्रो कृष्णप्रसाद भट्टराईँजी उहिले अन्तरिम सरकारको प्रधानमन्त्रीभएपछि देश दौडाहामा निस्कनु भयो पहिलो चरणको यात्रा अन्र्तगत उहाँ पाल्पा झापाकोभ्रमण मण सकेर राजधानी र्फकनु भयो यसै बिषयमा कुरा गर्न प्रधानमन्त्री निवासमा पत्रकारसम्मेलनको आयोजना गरियो: पत्रकारः???? किशूनजी, तपाईँलाई पाल्पालीको संस्कार मन पर्यो कि झापालीको ? किशुनजीः ?...चाइने, मलाई पाल्पाली मन पर्यो, झापाली मलाई ,????????????????? कपाली बाहेक कोही पनि मन

******************************




माधव कमरेडको सपना?
माधव नेपालजी हालै कोरियाको भ्रमण सकेर पश्चिमा मूलुक अमेरिका पुगेर र्फकनु भयो ।एमाले पार्टी कार्यालयमा यसै बिषयमा वामदेव गौतमसँग छलफल हुँदैथियोः वामदेवः कमरेड, पश्चिमको कल्चर राम्रो कि हाम्रो पुविर्य कल्चर राम्रो ? माधवः न पश्चिमा कल्चर न त पुर्विय कल्चर,म त रौतहटको मान्छे...मेरा लागी त?मध्यकल्चरमात्रै राम्रो !

******************************




गिरिजाबाबुको
अहंकार
चौथो पटक प्रम बनेपछि गिरिजाबाबु, जापान घुमेर चाइना हुँदै नेपाल फर्किनु भयो ।रिपोर्टर क्लबमा सिसि धमलाले सोधिहालेः धमला:??????? ??गिरिजाबाबु, जापानीज असल कि चाइनिज असल ? गिरिजाबाबुः: हेर्नोच्, न जापानिज, न त चाइनिज ....निज (स्वयम्) बाहेक ??????????????????? कोही पनि असल छैनन् !
******************************




निमुनको पहिलोदिन
प्रेमी: सरिताप्रेमिका: हजुर । प्रेम: आजको म तिमीलाई एउटा कुरो सोधौँ ?प्रेमिका: सोधन । उनीः के साँच्चै तिम्रो जिवनमा आएको म नै पहिलो पुरुष हुँ ? प्रेमिका: हो नि । म पनि एउटा कुरो सोधौँ ? प्रेमी: सोध न । प्रेमिका: किन सबैजना मलाई यही प्रश्न सोध्छन् जहिलेपनि डार्लिग् ? ..........................................

*****************************




डेटिङ्को पहिलो दिन प्रेमिका अँगालोमा बाधिएकी छिन् म उनको काखमा बसेको छु हातमाथी हात राखेर जोडले कसेको छु म भन्छु: ' तिम्रालागी ज्यान दिन्छु तिमी भन मात्र, लण्डनमा घर किन्छु ।'
अब बोल्ने उनको पालो थियो सल्काउनु थियो अब प्रेमको दियो कपाल खेलाउँदै, बोलिन् मेरी माया, 'तिम्रो टाउकोमा कति धेरै चाया !'






अपहरणकारीएकपटक
खप्परध्वज जंगलको बाटो भएर शहर जाँदैथियो बिचबाटोमा पुगेपछि उसको गाडी अघिल्तिर एक्कासी एउटा एउटा बन्दृक सहितको मान्छे आएर गाडी रोक्ने आदेश दियो बन्दुकेः ....हेण्डस् अप ! महिलामाथी हातपात गरेको छस् कि छैनस् ? खप्परध्वजः छैन हजृर बन्दुकेः गिद्धे दृष्टि लगाएको छस् कि छैनस् ? खप्परध्वजः छैन हजृर बन्दुकेः मौका पर्दा चौका हानेको छस् कि छैनस् ?खप्परध्वजः छैन हजृर, प्राकृतिक रुपमा नै नपुंसक हुँ बन्दुकेः एक्लै दुक्लै भेट्दा कि पुंसक हृन्छस् कि ? खप्परध्वजः हुन्न हजुर हुन्न टेष्ट गरि हेर्नोस्, त्यस्तो भए गोली ठोके पनि हुन्छ बन्दुकेः त्यसो भए मेरी प्रेमिकालाई पर शहर सम्म लिफ्ट देउन यार !
******************************



पहिलोः अफिस जाने बेलामा म त मेरी श्रीमतीलाई चुम्मा दिएर मात्रै जान्छु, तिमी नि ?दोश्रोः म त तिमी हिडेपछिमात्रै ।
******************************



मन्त्रीको पश्चातापतिसबर्षम्म राजनीतिमा संलग्न भएका एक नेताले आफ्नो पिएलाई भनेः मन्त्रीः: भाइ, अब उप्रान्त, म कहिल्यै झुठ बोल्ने छैन । पिएः: एकदमै राम्रो हजुर । (एकैछि सोचेर) सांच्ची हजुर, हजुरलाई भेट्न कुनै कार्यकर्ता बाहिर पर्खि रहनु भएको छ । मन्त्रीः: छोड्देउ यार , हुनुहुन्न, बाहिर जानुभएको छ भनिदेउ ।पिएः अहिले भरखर...अब उप्रान्त झुठ बोल्दिन भनेक हैन हजुर !मन्त्रीः हो, म झुठ बोल्दिंन , तर तिमीले त बोल्दा हुन्छ नि !!
******************************



तिन पटक हा?स्नोस्
1.दुइ मनोरोगी (दुइजना मनोरोगी आपसमा कुराकानी गरिरहेका हुन्छन् )पहिलोः यार, संसारका हिरामोती सबै मैले किन्ने बिचार गरिरहेको छु । दोश्रोः धत्, त्यो सबै म बेच्दिंन यार ।
2.र्स्वर्गकी परी (पत्नी पीडितहरु आपसमा कुरा गर्दै थिए ।)पहिलोः यार, मेरी श्रीमती त र्स्वर्गकी अप्सरा छे । दोश्रोः बधाई छ यार, मेरी त ज्यू?दै छे ।
3.असफल शिक्षक(कक्षा ७ मा तिनपटकसम्म फेल भएको दिपकलाई हप्काउ?दै)शिक्षकः तिन तिन बर्षम्म एउटै कक्षामा बस्दा लाज लागेन ?बिद्यार्थीः सरलाई १५ बर्षेखी यही कक्षामै बसि रहन लाज नलागेपछि मलाई के को लाज !
******************************



व्यापारी बुद्धी
एकजना ब्यापारीकोमा ठुलो पार्टीको आयोजना गरिएको थियो । अवसर थियो, उनको छोरा रविनले फस्ट डिभिजनमा इन्टर पास गरेको । आफु छोरो पास भएको यस खुशीयालीमा रविनले एक किलो लड्डु लगेर आफ्नो ब्यापारी पिताजीलाई दिँदै भन्योः छोरोः बाबा, मैले परिक्षामा १०० मा ९५ प्रतिशत ल्याएँ । बाबुः (बाबु) नालायक, यो पनि खुशी हुने कुरो हो कहिँ ? छोरोः १०० मा ९५ ल्याउनु भनेको एकदम राम्रो हो नि बुबा । बाबुः वाहियात, हामी सयको मालबाट १५० सम्म ल्याउँछौं, तैले भने १०० मा पनि ५ घटाइस् हैन !
******************************



रामप्रसाद फनालठोक दोहोरी गायक रामप्रसाद फनाल पहिलो पटक अमेरिका पुगे, उनको भेट कलाकार राजाराम पौडेलसँग भयो। एकदिन दुबैजना कफी पिउनका लागी नजिकैको म्याकडोनाल्ड रेष्टुरेष्ट पुगे ।रामप्रसादः छिटो पिउनोस् है कफी, चिसो हुन्सक्छ ।राजारामः के भयो त ?रामप्रसादः मेनु देख्नु भएन, हट कफी १ डलर, कोल्ड कफी ३ डलर ।
******************************



पैसा दुःखको कारण हो भने, त्यो पैसा मलाई दिनोस् सुःखी रहनोस् ''यदी माया आगो भएको भए, अहिलेसम्म जलेर खरानी भईसक्थें ''ब्युटिपार्लरबाट निस्कने महिलालाई चौकमा बसेर नजिस्काउनोस्,तपाइकी आमा पनि पर्न सक्छिन् '''कम उचाईकी प्रेमिका नबनाउनोस्, तपाईको शरिर चाँडै नुहिएला ''ह्याङ्ओभरबाट मुक्त हुने एउटै उपाय हो, ननस्टप रुपमा भटिटमा बसेर पिईरहनु ''आफैंले गर्नु नपरे असम्भव भन्ने संसारमा केही पनि छैन '
'रक्सी एक मन्दबिष हो ' कसलाई हतार '
'तपाईको भविश्य सपनाले निर्धारण गर्छ, सुत्न जानोस् '
'यदी उनले तपाईलाई फर्किएर हेरिन् भने भ्रममा नपर्नोस, नयाँ कुण्डल देखाएकी मात्र हुन् '
'एकजना साथीको हजुरबा, केटाकेटी छँदै मृत्यु भएछ, हिँ हिँ हिँ।'
'मेरो हजुर'बा यति पुरानो मान्छे कि उहाँको पालामा इतिहासलाई समसामयीक बिषय भनिन्थ्यो '
'हवाईजहाज दुर्घटनाहुँदा ब्ल्याकबक्स केही हुँदैन भने सिङ्गै जहाज ब्ल्याक बक्स बनाए भै गयो नि '
******************************




नर्कमा गुरुएउटा क्लासमा ह्वेलको बारेमा कुरा हुँदैथियो । शिक्षकः ह्वेल शारिरिक रुपमा ठुलो भएपनि मानिसलाई निल्न सक्दैन, किन भने उसको घाँटी सानो हुन्छ । बिद्यार्थीः तर, दिपक त जापान जाँदा ह्वेलले निलेको रे, शिक्षकः होइन, त्यो असम्भव छ । बिद्यार्थीः त्यसोभए म स्वर्ग गएपछि दीपकलाई सोध्छु । शिक्षकः अनि नर्क गएको रहेछ भने नि ? बिद्यार्थीः सरले सोध्नु नि ।
******************************




लंगलाईफ ड्रंकरलंगलाईफ ड्रंकर ख्प्परध्वजले सोच्यो कि आज श्रीमतीलाई सबक सिकाउनु पर्यो । एक पेग हिवस्की दिँदै भन्योः ए, सरिता, यो पिउ । श्रीमतीः पिउँदिन । श्रीमान्: पिउ न पिउ...हो गुड । श्रीमतीः कुहिएको सिनो जस्तै गन्हाउदो रहेछ । श्रीमान्: नि देख्यौ, तिमी भन्थ्यौ नि , दिनदिनै पिएर म मज्जा लिइरहेको छु ।कति गाह्रो हुँदो रहेछ थाहा पायौहोला नि ।
******************************




राम्री शिक्षिका काली मिस कक्षामा नेपाली बिषय अन्र्तगत ब्याकरण पढाइरहेकी थिइन् । कालीमिस: म राम्री छु, यो कुन काल हो ? दिपकः यो भुतकाल हो मिस । कालीमिस: के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो । दिपकः नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु भन्दा त भुतकाल नै भयो नि मिस ।
******************************




हिरो बुद्धी श्रीकृष्ण र दिलिप यती एयरको जहाजबाट पोखरा जाँदै थिए । गोरखाको डाडाँमाथी पुगेपछि जहाज जोड जोडले हल्लिन थाल्यो । दिलिपः के हो यार , जहाज त नराम्रोसँग हल्लिन थाल्यो नि त, खस्छ कि क्या हो ? श्रीकृष्णः आ....खसे पनि खसोस् है, हामीलाई ठगेर कमाएको पैसा छँदैछ, अर्को किन्छ नि ।
******************************




असफल नियोजन हरेरामले शहरमा गएर परिवार नियोजनको स्थायी नियोजन गरायो र गाउँ फर्कियो । एकबर्ष छाडी उसकी श्रीमतीले एउटा जखमले छोरो जन्माईन् । उ रिसाउँदै आफ्नो नियोजन गर्ने डाक्टरकोमा पुग्यो ।हरेरामः यो के लापरबाही हो डाक्टर सा?ब । तपाइँल्ो त मेरो स्थायी नियोजन गर्नुभएको थियो, फेरी यो छोरो कसरी जन्मियो ? डाक्टरले अझ जंगिदै जवाफ दिए । डाक्टरः परिवार नियोजन मैले तपाइँको गरिदिएको थिएँ, सारा गाउँलेको त गरेको हैन नि ।
******************************




परेवासँग प्रेम राम कृष्ण हनुमान ढोका घुम्दैथिए त्यसैबेला कृष्ण एकोहोरिएर कतै हेर्न थाल्यो रामः कृष्ण, एकोहोरो भएर के हेरिरहेको छस् ? दरबारको दलिनमा प्रेममा मग्न एकजोडी परेवातिर संकेत गर्दै: कृष्णःहे भगवान, मैले पनि यसैगरी मायाँ गर्न पाए.......... रामः तिम्रो घरमा पनि परेवा छन् नि, जाउ गर

******************************




लाइसेन्स बनाउन यातायात कार्यलय गएको थिएँ, एकजना अंकल भेटिए हामीबिचको छोटो कुराकानी रमाइलो होला भन्ठानेर तपाईँहरुसामु राख्दैछु ।मनोजः हो अंकल, नमस्कार अंकलः टेन्सन भो भाई, कस्तो टाउको लिएर जन्मिइछ (अंकल जन्मजात तालुखुइले हुन्)मनोजः के भयो अंकल, लाइसेन्स बनेन ? अंकलः फार्म नै भरेका छैन नि मनोजः किन ? अंकलः नाम,उमेर,लिंग,वतन सबै भरेँ, कपालको रंग पनि लेख्नुपर्ने रहेछ....के लेख्ने हो हामीजस्ताले चाही ?'

******************************




एउटा सुझावः कहिल्यै पनि कसैलाई केही पनि सुझाव नदिनोस् !!
ट्रfफिक सुचनाः बिस्तारै हाँक्नोस्, नजिकै कुनै अस्पताल छैन !!
बिहे नगरुन्जेल मानिसको जिवन अधुरो हुन्छ, बिहे गरेपछि जिवन सकिन्छ !!
मादक पर्दाथ पिएर सवारी नचलाउनोस् नत्र फेरी पिउन नपाईएला !!
******************************




धान खेतमा चराचुरुंगी धपाउन बुख्याँचा झुण्डिइ रहेको थियो त्यो देख्ता यस्तो लाग्दथ्यो कि त्यो पुतला अर्थात नभएर मानिस हो खेतको बिचमा रहेको सिसौको रुखमा एकजोडी सुँगा त्यो पुतलालाई हैर्दे कुरा गरिरहेका थिए सुँगामध्ये बच्चा सुगाले सोध्योः बच्चाः आमा, आमा त्यो के हो ?आमाः हामीलाई तर्साउन पराललाई बाँधेर बाहिरबाट मानिसको कपडा लगाई दिएको। नजिकैको बाटोबाट हिडिरहेकी अर्धनग्न युवती तिर देखाउँदै बच्चा सुगाँले भन्योः बच्चाः ....मानिस कस्ता दयालु पुतलालाई चाहीँ लुगा लगाईदिँएर आफुचाहीँ नाङ्गै
******************************




मुटुमा चप्पलकेटाः (नयाँ केटीलाई) डार्लिङ्, मेरो मुटुमा आएर बस केटीः (रिसले मुर्मुरिँदै) चप्पल फुकालौँ !केटाः मेरो हृदय मन्दिर हैन, नफुकाली आए हुन्छ
******************************




बुढो बैँशकेटीः क्या हो , बुढोमा मान्छे भएर केटी जिस्काउँ हिडेको, कपाल सेतै फुलेको थाहा ? बाजेः कपाल सेतै सेतै फुलेर के भो नानी, मन कालै नि !!!
******************************




लोग्ने स्वास्नी बिहे गरेको पहिलो बर्ष लोग्ने बोल्छ र स्वास्नी सुन्छे दोश्रो बर्ष स्वास्नी बोल्छे , लोग्ने सुन्छ तेश्रो बर्ष दुबै बोल्छन् र छिमेकी सुन्छन्
******************************




गिरिजाबाबुको टाइम गिरिजाबाबु जुनसुकै कुरो पनि सयम आएपछि बताउछु भन्छन्, तर कहिल्यै बताउँदैनन् अति भएपछि मैले सोधेँ: गिरिजाबाबु, दरबार हत्याकाण्डको रहस्य सयम आएपछि बताउँछु भन्नुहुन्थ्यो, समयचाहीँ कहिले आउँछ ? गिरिजाबाबुः हिमाल गते पन्ध्र गते, नेपाल आइतबार हो क्यार... समयचाहीँ शुक्रबार !!
******************************




लवलेटर हरु:
प्रहरीको लवलेटर मेरो हृदयकी नाइटभिजन, लङ्गरेन्जको भन्दा लामो तथा बंकरभन्दा गहिरो माया ! आत्माकी सेन्ट्री, सेक्यरिटीवाल भन्दा मजबुत प्यार मेरो दिमागकी एम्बुस, ब्ल्यांकफायर भन्दा धेरै क्लियर संझना प्यारी, मेरो सानो मिसफायरमा तिमी मेरो घेरा तोडेर माइत गयौं, मेरो मनमा र्कफ्यु लागेको तुरुन्त आत्मसर्मपण गरिदेउ, हैन भने, हातहतियार सहित माइतमा आक्रमण हुनेछ !! उहि तिमीलाई सधैँ सुरक्षा दिने हवल्दार 'काले'
कम्प्युटर अपरेटरको प्रेमपत्र जिन्दगीकी कन्ट्रोल प्यानल, हन्ड्रेड जिबीको माया ! मैले १एमबी मायााको लागी कतिपटक एप्लाई गरेँ, तर कहिल्यै पनि .के. गरिनौ तिम्रो पिक्चर मेरो हार्डडिस्कमा सेभ गरिसकेको छु कृपया मेरो मायालाई रिसाइकलबीनमा सेन्ड नगरिदेउ मेरो रिकोएस्ट मानिनौं भने, आफैंलाई अटो डिलिट गर्नेछु , अगाडी तिम्रो इच्छा !! तिम्रो जिन्दगीको पासवर्ड ' गोपाल'
ड्राइभरको लवलेटर मेरो मुटुकी स्टेयरिङ् , चौथो गियर भन्दा धेरै माया ! अहिले सम्म कण्डिसनमा नै छु , आषा , तिमी पनि पञ्चर भएकी छैनौ होला घरबाट हिँड्दा तिम्रो चक्का मेरो मतलब खुट्टा ठिक थिएन, राम्रो वर्कसपमा गएर डाक्टरलाई देखाउनु केटाकेटीलाई गाली गर्दा हर्न सानो पार्नु , छिमेकीले ओभरटेक गर्छन्, आउँदो नपालबन्दमा घर आउँदैछु ,त्यसैबेला बेट्रीचार्ज गरौंला !! उहि तिमीलाई हर्न बजाउने ड्राइभर माइला, बि..रा.४३२३
******************************



अंकलछोरोः डेडी, पल्लो घरको अंकलको नाम डार्लिङ हो ?बाबुः हैन बाबु, उसको नाम रमेश हो ।छोराः अनि हजुर अफिस जानासाथ मम्मीले त्यो अंकललाई डार्लिङ भन्नुहुन्छ !!
******************************




ल, उल्टो पर्यो नि पहिलो पटक खप्परध्वज शहरको एउटा भब्य पार्टीमा पुग्यो । डिनर लिइरहेको बेला आफ्नो छेउमा उभिएर बियर तानिरहेको एक ब्यक्तिलाई उसले भन्योः खप्परध्व्जः कस्तो जमाना आयो । उ त्यो केटोलाई हेर्नोस् न, कस्तो पोशाक लगाएको होला, ठ्याक्कै केटीजस्तो देखिन्छ !ब्यक्तिः (उक्त ब्यक्तिले अलि रिसाएजस्तो गरी जवाफ दियो) माफ गर्नोस् महासय, त्यो केटी नै हो, र उ मेरी छोरी हो । (खप्पर अलि अलि डरायो र भन्यो) खप्परध्व्जः (खप्पर अलि अलि डरायो र भन्यो) सरी है हजुर, । तपाईँ उसको बुवा हो भन्ने कुरा मलाई थाहा थिएन । ब्यक्तिः (ब्यक्तिले जंगिदै भन्यो) तपाईँ मसँग जिस्किदै हुनुहुन्छ कि क्या हो ? म उसको बाबु हैन, आमा हुँ !

******************************




प्रश्नः : प्रकृतिले दिनका साथै रात किन बनाएको होला ?उत्तरः: चोर डाकाहरुको पनि जिबिका चलोस् भनेर !
प्रश्नः : हाम्रो देशमा किन एउटा पनि ठूलो मान्छे जन्मिन सकेन ? उत्तरः: संसारमै यस्तो हो, जन्मिँदा सबै बच्चा नै जन्मिन्छन् !
प्रश्नः : मैले तपाइँलाई चिनिहालेँ नि ! उत्तर : चिनि नहाल्नोस्, मलाई सुगरको समस्या छ, बरु नुन हालिदिनुस् !!

******************************






No comments:

Post a Comment

comment please